अब ठूला आयोजना अनुगमन उच्चतहबाट, प्रधानमन्त्री मन्त्री बिहानै माथिल्लो तामाकोसी निरीक्षणमा

बुधबार, चैत्र २८, २०७४



काठमाण्डौं । सरकारले ठूलो आयोजनाको उच्चतहबाटै निरीक्षण गर्ने भएको छ । निरीक्षणका क्रममा काममा लापराबही भए ठेकेदारलाई तत्काल कारवाही गर्नेगरि योजना बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरिक्षण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री र उर्जामन्त्रीले स्वदेशी लगानीमा निर्माण भईरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको आज स्थलगत निरिक्षण तथा अवलोकन गर्ने कार्यक्रम तय भएको हो । निरिक्षण भ्रमणका लागि प्रधानमन्त्री ओली र उर्जामन्त्री पुन आज बिहान ९ बजे माथिल्लो तामाकोसी आयोजनास्थल पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री र उर्जामन्त्रीको साथमा चिनिया राजदुत यु होङ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, उर्जा सचिव र विद्युत प्राधिकरणका अधिकारीहरु संलग्न रहनेछन् ।

प्रधानमन्त्री र उर्जामन्त्रीले माथिल्लो तामाकोसीको विद्युत गृह लगाएतका मुख्य संरचनाहरुको स्थलगत निरिक्षण गर्ने र त्यसक्रममा तामाकोसी आयोजनाले प्रगति तथा वित्तिय विवरण प्रस्तुत गर्ने कार्यतालिका रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । स्वदेशी लगानीमा निर्माण भईरहेको ४ सय ५६ मेगावट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत र समय वृद्धि हुनुको कारणबारे प्रधानमन्त्री र उर्जामन्त्रीले विशेष चासो राख्ने बताईएको छ ।

प्रधानमन्त्री ओली र उर्जामन्त्री पुन माथिल्लो तामाकोसीको स्थलगत निरिक्षण लगत्तै काठमाडौँ फर्किने उर्जामन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । ३५ अर्व २९ करोड लागत अनुमान गरिएको माथिल्लो तामाकोसी आयोजनाको लागतमा भारी वृद्धि र समय निकै लम्विएपनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।

283 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank