तालिवानका गडफादर मौलाना सामी-उल हक पाकिस्तानमा मारिए

शनिबार, कार्तिक १७, २०७५



पाकिस्तान – तालिवान बिद्रोही संगठनको गडफादर मौलाना सामी-उल हक पाकिस्तानको रावलपिण्डीमा मारिएको जनाइएको छ । मौलाना सामी-उल-हक इस्लामी धार्मिक धर्मशास्त्र दारुल उलूम हक्कानिया र कट्टरपंथी राजनीतिक दल जमीयत उलेमा-ए-इस्लाम-सामी (जेयूआई-एस) को प्रमुख थिए ।

पाकिस्तानी तालिबान बिद्रोहीहरुले आफ्नो गडफादर मान्ने मौलाना सामी-उल-हक लाई शुक्रवार अज्ञात समुहले गोली हानी हत्या गरी दिए । मौलाना सामीको नातेदारले रोयटर्सलाई बताए अनुसार उनी रावल पिण्डीको गैरीसन शहरमा मारिए ।

८२ वर्षीय मौलाना सामी पाकिस्तान र अफगानिस्तानमा अत्यन्त सम्मानित व्यक्ति थिए । उनको विचार दुबै देशको सीमा क्षेत्रमा बस्ने तालिबान बीच अत्यन्त वजनदार मानिन्थ्यो । पाकिस्तानी मिडिया डनको रिपोर्ट अनुसार मौलाना सामीले गत २५ जुलाईमा सम्पन्न निर्वाचनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सत्तारुढ दल तेहरिक ए इन्साफ पार्टी सँग गठबन्धन गरेका थिए ।

उनी एक घरमा अज्ञात बन्दुक धारीको हमलामा परेको जनाइएको छ । उनको छोरालाई उदृत गर्दै जनाइएको खबर अनुसार उनी बसेकै स्थानमा मारिएका थिए ।

158 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank