कुख्यात तालिवान कमाण्डरसहित २५ आतङ्ककारी मारिए

शनिबार, माघ २०, २०७४



अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिवानको अखाडालाई लक्ष्य गरी सरकारी बलले गरेको कारबाहीमा परी कम्तीमा २५ आतङ्ककारी मारिएका छन् ।

गत २४ घण्टायता कारबाही जारी रहेको प्रहरी प्रवक्ताले शनिबार जनाएका छन् । कारबाहीमा कुख्यात तालिवान कमाण्डर मवलावी युसुफसहित चार कमाण्डर मारिएका छन् ।

यस इलाकामा शान्ति नभएसम्म तालिवानविरुद्ध सुरक्षा कारबाही जारी रहने प्रहरी प्रवक्ताले जानकारी दिए । तालिवान समूहले भने यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् ।

83 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank