तलेजुदेवी मन्दिर संरक्षणमा जुटे स्थानीय

बिहिबार, मंसिर १२, २०७६



भक्तपुर । सुर्यबिनायक नगरपालिका–८ सिपाडोलमा अवस्थित तलेजु देवीको मन्दिर संरक्षणका लागि स्थानीयहरु यति बेला जुटेका छन् ।

आज स्थानीयहरुको एक भेला गरी तलेजु देवीको मन्दिर संरक्षण उपभोक्ता समिति गठन गरी मन्दिरको समग्र व्यवस्थापनका साथ अघि बढ्ने गरी समिति गठन गरेका छन् ।

भेलाले मनोज केसीलाई समितिको अध्यक्षमा चयन गरेको छ । यसैगरी उपाध्यक्षमा राजन थापा, सचिवमा सुवर्ण थापा, कोषाध्यक्षमा बिक्रम थापालाई चयन गरेको छ । सदस्यहरुमा क्रमशः भरत बहादुर थापा, निरञ्जन थापा र मोहन बिक्रम थापा रहेका छन् ।
केदारनाथको शिर डोलेश्वर मन्दिरको नजिकै रहेको यो मन्दिरको संरक्षण र प्रर्वद्धनको अभावमा ओझेलमा परेको स्थानीयहरु बताउँछन् । परापूर्वकाल देखिनै यो मन्दिर रहेता पनि यसको स्थापना कहिले भएको हो भन्ने तथ्य हालसम्म पनि फेला परेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata