वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

बिहिबार, चैत्र २९, २०७४



बैतडी । वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर – १ का वडा अध्यक्ष कलसबहादुर चन्दले ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै स्थानिय राजनीतिक दलका अगुवाले तालाबन्दी गरेका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा राप्रपाका प्रतिनिधिले हस्ताक्षर गरी निकालेको विज्ञप्तिमा वडा अध्यक्ष चन्दले एकलौटी निर्णय गरेको आरोप लगाएका छन् ।

वडामा आएको ६५ लाख मध्ये ६० लाख रुपैयाँ सडक निर्माणमा छुट्याएको र वडा भेलाको माग विपरित वडा अध्यक्षले बजेट खर्च गरेकाले तालाबन्दी गर्नुपरेको राजनितीक दलका प्रतिनिधीले जनाएका छन् ।

वडा अध्यक्ष चन्दले भने वडा भेलाबाटै भएका निर्णयहरु कार्यान्वयन भैरहेको बताएका छन् । उनले वडा र गाउँसभाबाटै पारित भएका योजनालाई कार्यान्वयन गरिरहेको बताए ।

‘केही व्यक्तिले अनावस्यक रुपमा आरोप लागाएर भइरहेको विकासको कामलाई अवरुद्ध गरिरहेका वडा अध्यक्ष चन्दले बताए । उनले केही व्यक्तिले आफूलाई ज्यानमार्ने धम्कीसमेत दिइरहेको बताए ।

70 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank