गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्दै स्थानीयहरु आन्दोलनमा

मङ्लबार, बैशाख ३१, २०७६



पाँचथर । गाउँपालिकाको निर्णय विरुद्ध स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रेका छन् ।

फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा घुर्बिसे पञ्चमीका स्थानीयले सेवा केन्द्र  सार्न खोजिएको भन्दै तालाबन्दी गर्दै आन्दोलनमा उत्रेका हुन् । सोमबार गाउँपालिकाको सम्पन्न गाउँसभाले फाल्गुनन्द गाउँपालिका ५ फाक्तेपको याम्पाबुडदेखि मुन्तिर र कोल्बुङदेखि मास्तिर हुनेगरी सेवा केन्द्र सार्ने निर्णय गरेको थियो।

स्थानियहरुले उक्त निर्णयको विरुद्धमा बजार र शैक्षिक संस्थाहरु बन्द गर्न आब्हान गर्दै नारावाजी गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल खत्रिले जानकारी दिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata