अनियमितता गरेको भन्दै बाजुरा क्याम्पसमा नेविसंघको तालाबन्दी

सोमवार, कार्तिक २५, २०७६



काठमाडौं । नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै बाजुरा क्याम्पसमा तालाबन्दी गरेको छ । बाजुरा क्याम्पस प्रशासनले राजनीतिक प्रतिशोधका आधारमा काम गरिरहेको आरोप लगाउँदै नेविसंघ बाजुराले सोमबार क्याम्पसमा तालाबन्दी गरेको जनाएको छ ।

तालाबन्दी पश्चात नेविसंले एक विज्ञप्ती मार्फत विभिन्न माग राख्दै क्याम्पसँग गुनासो सहित चेतावनी दिएको छ । तत्कालिन त्रिभिुवन विश्वविद्यालबाट सम्बधन प्राप्त बाजुरा बहुमुखी क्याम्पस सुदूपश्चिम विश्व विद्यालको आंगिक क्याम्पस भए पश्चात क्याम्पस प्रशासनले राजनीतिक पूर्वाग्रह गरि ठेक्का पठ्ठा र राजनीतिक कार्यकर्तालाई एकतर्फी रुपमा संरक्षण गरेको आरोप लगाएको छ ।

नेविसंघले सर्वपक्षीय भेलाको आयोजना गरि बाजुरा क्याम्पसको उद्घाटनको मिति तय गर्नु पर्ने,क्याम्पसले वितरण गरिएको छात्रबृत्तिमा नातेदार र आफू निकट विद्यार्थीलाई दिने गरेकाे आरोप लगाएको छ । सुदूपश्चिम प्रदेश सरकारबाट प्राप्त क्याम्पको प्रशासनिक भवन एकलौटी ढंगबाट पार्टीका कार्यकर्तालाई निर्माण जिम्मा दिएको र अनियमितता गरेको, अध्ययनमा अबरोध हुने गरि प्राध्यापक लामो समयसम्म अनुपस्थित हुने गरेको क्याम्पको पुस्तकालय, छात्रबास र भवन निर्माणमा प्रशासन र क्याम्पस संञ्चालन समितले चलखेल गरेको भन्दै निश्पक्ष छानबिन गरिनु पर्ने विभिन्न ६ बुँदे माग सहित तालाबन्दी गरेको जनाएकाे छ । विज्ञप्तीमा नेविसंघ सचिव धनबहादुर थापाले हस्ताक्षर गरेका छन ।

हेर्नुहाेस विज्ञप्ती 

x

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata