दलित संघका उपाध्यक्ष कुटपीट गर्नेलार्इ  कार्वाहीको माग गर्दै, नगरपालिकाको कार्यालयमा  तालाबन्दी

बुधबार, बैशाख १९, २०७५



कञ्चनपुर । नेपाल दलित संघ  कञ्चनपुरका उपाध्यक्षलाई कुटपीट गर्ने वडा अध्यक्षलार्इ कार्वाहीकाे माग गर्दै बेलौरी नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

नेपाल दलित संघका जिल्ला उपाध्यक्ष धर्म सिंह मिस्त्री माथी बेलौरी नगरपालिका वडा नम्बर ६ को कार्यालयमा सिफारिसका लागि गएका बेलामा गत चैत्र १८ गते वडा अध्यक्ष रामप्रकाश बडायकले कुटपीट गरेको एक महिना सम्म पनि कुनै कार्वाही नगरेको भन्दै नेपाल दलित संघ क्षेत्रीय कार्यसमिति ,नेपाली कांग्रेश क्षेत्रीय कार्यसमिति तथा बेलौरी नगर कार्यसमितिले तालाबन्दी गरेका छन्।

ta

बुधबार बिहान १० बजे बेलौरी नगरपालिकाका नगर प्रमुखको कार्यकक्ष र प्रशासन फाँटमा अनिश्चितकालीन तालाबन्दी गरिएको नेपाल दलित संघ कञ्चनपुरले जनाएको छ । तालाबन्दी पछि बेलौरी बजारको चोकमा कोण सभा गरी दोषीलाई कारबाही नभएसम्म चरणबद्द रुपमा विरोध गर्ने जनाइएको छ । दोषिलाई कार्वार्हीको माग गर्दै ८ बजे देखि १२ बजे सम्म बेलौरी बजार समेत बन्द गरिएको थियो ।

120 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank