ताइवानमा भूकम्प, जापान र फिलिपिन्समा धक्का महसुश

बिहिबार, बैशाख ५, २०७६



हुवालियन । ताइवानमा हुवालियन प्रान्तको तटीय क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज(बिहिबार) बिहान ६.१ म्याग्नेच्युडको भूकम्प गएको छ।

ताइवानका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएपनि हाल सम्म कुनै मानवीय र भौतिक क्षतिको रिपोर्ट नआएको ग्लोबल न्यूजले जनाएको छ। तर स्थानीय टेलिभिजनहरुले लडेका घर, दौडीरहेका मानिसहरुको दृश्य देखाइरहेका छन् ।

gettyimages-915168890-508826bff23b51e28789eccaafef99fc26ef0c5d-s800-c85

636535909184240827-AFP-AFP-Z06KP

भूकम्पपछि ताइवानका रेल र सडक मार्गहरु प्रभावित भएको छ। सरकार अधिकारीहरुले स्थानियहरुलाई सुरक्षित स्थानमा बस्ने आग्रह गरेका छन्।

उक्त भूकम्पको धक्का जापान र फिलिपिन्समा पनि महसुश गरिएको जनाइएको छ ।

_88134634_88134633

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank