हेलिकोप्टर दुर्घटनामा ताइवानका सेना प्रमुख सहित ८ जनाको मृत्यु

बिहिबार, पुस १७, २०७६



एजेन्सी । ताइवानमा सैनिक हेलिकोप्टर आकस्मिक अवतरण गर्दा ताइवानका प्रमुख सेनापति सहित ८ जनाको निधन भएको छ ।  बिहीबार आकस्मिक हेलिकोप्टर अवतरण गर्ने क्रममा सेना प्रमुख शेन यी–मिङको दुर्घटना परि निधन भएको अन्तर्राष्ट्रिय समाचार .माध्यमले जनाएका छन् ।

हेलिकोप्टरमा सेना प्रमुखसँगै १३ जना सवार रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । ताइवानको आधिकारिक केन्द्रीय समाचार संस्थाले सेना प्रमुखको निधन भएको पुष्टि गरेको छ । दुर्घटनामा अन्य आठ जनाको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

सेना प्रमुख मिङ नयाँ वर्षमा पूर्वोत्तर क्षेत्रमा रहेका सैनिकसँग भेट्न जाने क्रममा हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments