टाईफुन मंग्खुट फिलिफिन्स हुँदै, चाइना तर्फ

आइतवार, भदौ ३१, २०७५



फिलिपिन्स । हङकङ र दक्षिण चीन तीर जादै गरको टाईफुनले उत्तरी फिलिपिन्समा विनाशकारी आँधीका कारण ७ सय ५० घर भत्काउनुका साथै १२ मानिसको ज्यान लिएको छ ।

राष्ट्रपतिको सल्लाहकार फ्रान्सिस टोलेटिनोका अनुसार, भिषण बर्षा र हावा हुरीले भयङ्कर विष्फोट सहित घरहरु भत्काउँदा एक नव जात शिसु र एक दुई वर्षीय बालकले समेत ज्यान गुमाएका छन् । टोटेटिनोले थप भने,हराइरहेको मानिसको गणना गर्दा मृतकको संख्या अझै बढ्न सक्नेछ ।

a

उनले सम्बन्धीत क्षेत्रका मानिसलाई अपील गर्दै भने, घर भित्रै रहनु होला । फिलिपिन्समा आएको यो वर्षको क्र्रुर तुफान मंग्खुटले शनिवार लुजोन टापुको उत्तर पूर्वी कागान प्रान्तमा समेत क्षति पुर्याएको छ ।

तीन सय पाँच किलोमिटरको रप्तारमा आएको टाईफुन पछि लुजोनमाा एक मानिसले भने,‘‘यो संसारको अन्त्य जस्तै लाग्यो म सुत्न सकिन् ’’।

टाइफुनको विध्वंश पछि ८७ हजार मानिसलाई उच्च जोखिमबाट अन्यन्त्र सारिएको छ । उद्धार कार्यमा खटिएका अधिकारीको भनार्इै अनुसार खतरा नटरेसम्म उनीहरुलाई घर फर्कन दिइने छैन् ।

b

रक्षा सचिव डेलिन लरेनजानाले एसोसिएट प्रेस न्युज एजेन्सीलाई फोन गरेर भनिन्, यो अझै पनि जीवन र मृत्युको अबस्था हो । मंग्खुटलाई जोड्दा यस वर्ष फिलिपिन्समा १५औं तुफान गइसकेको छ ।

५० लाख भन्दा बढी मानिसलाई क्षती पुर्याएको सन् २०१३ को हाइयनसँग तुलना गरिएको तुफान पछि हङकङ र चीनको ग्वाङडोग प्रान्तमा समेत सावधानी अपनाउन चीनको नेशनल मौसम विज्ञान केन्द्रले एक सर्तकता सुचना जारी गरेको छ ।

180 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank