जापानमा टाईफुन जेभीको विध्वंस

बुधबार, भदौ २०, २०७५



जापान । बुधबार विहान जापानमा सवै भन्दा खराव तुफान गएको छ । टाईफुन जेभीले जापानको पश्चिमी ईलाकामा नराम्रो क्षती पुर्याएको छ ।
क्योटो र ओसाका शहरको हालत अत्यन्त नाजुक बन्न पुगेको छ ।

उक्त टाईफुनमा परि हाल सम्म ९ जना व्यक्तिले जीवन गुमाएका छन् भने थुप्रै मानिस घाइते बन्न पुगेका छन् । करिव २५ वर्षको जापानी इतिहासमा सवै भन्दा खराव र विध्वंसात्मक टाईफुन जेभीले करौडौंको क्षती पुर्याएको जापानी समाचार माध्यमले जनाएका छन् ।

japan

झण्डै १२ लाख मानिसलाई प्रत्यक्ष प्रभाव पारेको उक्त तुफानको पूर्ण विवरण प्राप्त भैसकेको छैन । स्कुल तथा कलेज पूर्णतया प्रभावीत भएका छन्। ओसाका कान्साइ एयरपोर्ट बन्द गरिएको छ । नागोया र ओसाका जाने ८ सय उडान स्थगित गरिएको बिबिसीले जनाएको छ ।

eairport

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata