सोमपाल र ज्ञानेन्द्र चम्किए, नेपालले हात पार्यो जीत

बुधबार, साउन ८, २०७६



काठमाडौं । सिंगापुरमा सम्मपन्न टी- २० विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो जीत हात पारेको छ ।

वर्षाले प्रभावित हुँदा नौं ओभरमा झारिएको खेलमा सहज जीत हात पार्न सोमपाल कामी र ज्ञानेन्द्र मल्लले महत्वपूर्ण योगदान दिए । पहिलो ओभरमा मलेसियाको दुई विकेट लिदैं सोमपालले दिलाएको शुरुवात ज्ञानेन्द्र मल्लले ब्याटिङ मार्फत प्रमाणित गरिदिए । मल्लले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै बनाएको किर्तिमानी अर्धसतककाे मद्धतले मलेसियाले ७ विकेट गुमाउँदै बनाएको ८३ रनलाई नेपालले ३ विकेटको क्षतीमा पूरा गर्यो ।
कप्तान पारस खड्का घाइते भएर अनुपस्थित खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा मलेसिया विरुद्ध पहिलो जीत हात पार्दै टी- २० विश्वकपको यात्रा जीवितै राखेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata