विश्वविद्यालयको कथा : विभाग छ विद्यार्थी सून्य

बिहिबार, भदौ २१, २०७५



काठमाडौं ।  मानविकीका केन्द्रीय विभागमा विद्यार्थी संकट, इतिहास विभाग रित्तै
त्रिविको इतिहास केन्द्रीय विभागमा अहिले एकजना पनि विद्यार्थी छैनन् । मानविकी तथा सामाजिक विज्ञान संकायको डिन कार्यालयका अनुसार हिन्दी विभागको एमए पहिलो सेमेस्टरमा चार र तेस्रो सेमेस्टरमा ६ विद्यार्थी छन् । संस्कृतको पहिलो सेमेस्टरमा ६ र तेस्रो सेमेस्टरमा दुई विद्यार्थी मात्र छन् । भाषाशास्त्रमा पहिलो सेमेस्टरमा ७ र तेस्रोमा दुई विद्यार्थी छन् । बौद्ध अध्ययनको पहिलो सेमेस्टरमा १० र तेस्रोमा सात, संस्कृतिको पहिलो सेमेस्टरमा १७ र तेस्रोमा १५ विद्यार्थी छन् । नेपाल भाषामा पहिलो सेमेस्टरमा ९ विद्यार्थी भर्ना भए पनि तेस्रो सेमेस्टर रित्तो छ । जनसंख्या केन्द्रीय विभागमा ५२ विद्यार्थी भए पनि तेस्रो सेमेस्टरमा दुईजना मात्र छन् ।

भूगोल विभागका प्रमुख भन्छन्, ‘यो अवस्थाले धेरै चल्न सक्दैन’
भूगोल विभागमा तुलनात्मक रूपले धेरै विद्यार्थी हुन्थे । तर, गर्त वर्ष एकजना पनि विद्यार्थी भर्ना भएनन् । अहिले तेस्रो सेमेस्टर रित्तो छ । तर, स्थानीय तहमा काम गर्ने कर्मचारीलाई आवश्यक पर्ने भएपछि यस वर्ष पहिलो सेमेस्टरमा ३२ जना भर्ना भएका छन् ।

तर, विभाग प्रमुख हृदयलाल कोइराला विद्यार्थीको यही संख्याले विभाग धेरै चल्न नसक्ने बताउँछन् ।
‘पाठ्यक्रममा जिआइएस समावेश गरिएकाले केही मात्रामा भए पनि विद्यार्थी आइरहेका छन् । स्थानीय तहका कर्मचारीलाई जिआइएस आवश्यक पर्ने हुँदा तानिएका हुन्,’ प्रमुख कोइराला भन्छन्, ‘तर, उनीहरूकै भरमा विभाग सधैँ चल्न सक्दैन । स्नातक सकेर भूगोल पढ्न आउने विद्यार्थीको संख्या नगन्य नै छ ।’ नयाँपत्रिकाबाट

94 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank