पारसको अर्धशतकसँगै मलेसिया सात विकेटले पराजित

शनिबार, असार २८, २०७६



काठमाडौं । नेपालले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली मलेसियाविरुद्ध माथि सात विकेटको सहज  जित हासिल गरेको छ। नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

शनिबार(आज) बिहान क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको १२९ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १२९ रन पूरा गर्यो ।

नेपालका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । विष्फोटक ब्याटिङ गरेका उनले ५० बल खेल्दै ८ चौका र ५ छक्काको सहयोगमा नट आउट ८६ रन बनाए ।

पारस खड्का

यस्तै नेपालका शरद भेशवाकरले १६ रन जोड्दा उप–कप्तान ज्ञानेन्द्र मल्लले ७ रन जोड्दा प्रदीप ऐरी ८ र रोहित कुमार पौड्यलले ५ रनको योगदान गरे ।

बलिङतर्फ मलेसियाका लागि अनुवर रहेमानले दुई विकेट लिँदा फिट्री सामले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन जोडेको थियो । खराव शुरुआत गरेको मलेसियाका लागि भिरन्दीपले ५७ रनको अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ७ चौका र १ छक्का पहर गर्दै ५७ रनको अर्धशतकीय पारी खेलेका हुन् ।

भिरन्दीपले दोस्रो विकेटका लागि फित्री शामसँग ४१ रनको साझेदारी गर्दा तेस्रो विकेटका लागि कप्तान अहमद फाइजसँग ५० रनको साझेदारी गरे । कप्तान फाइजले ३९ बलमा २ छक्का प्रहार गर्दै ४५ रनको योगदान दिए ।

मलेसियाले पहिलो विकेटको रुपमा सयेद अजिजलाई शून्य रनमा गुमाउँदा दोस्रो विकेटको रुपमा १२ रनमो खेली रहेका फित्री शामलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा अर्धशतकीय पारी खेलेका भिरन्दीपलाई गुमाउँदा चौथो विकेटको रुपमा शाफिक शारिफलाई दुई रनमा गुमायो ।

त्यस्तै अकिद्दीन रामलीर र शर्भिन मुनियान्डी, अन्वर रहमन शून्य रनमा पेभिलिएन फर्किदा मुहमद सयेहदत ८ रनमा आउट भए । नेपालका लागि करन केसीले तीन विकेट लिए । त्यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले समान दुई दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।

नेपाल र मलेसियाको दोस्रो तथा अन्तिम खेल आइतवार हुनेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata