आइडिलीबको अवस्था भयावह

मङ्लबार, भदौ २६, २०७५



सिरिया । सिरिया घटनालाई लिएर टर्कीका राष्ट्रपति रसिप तइप यर्दोगान र संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय समुदायलाई आइडिलीबमा आक्रमण रोक्न आग्रह गरेका छन् । ‘यो शताब्दीकै सवैभन्दा खराव मानव दुव्र्यवहार र मानव संहारको डरलाग्दो रुपप्रति राष्ट्रसंघ अत्यन्त चिन्तित छ’ भनिएको छ ।

मंगलबार प्रकाशित अमेरिकी दैनिक वाल स्ट्रिट जर्नलको एक लेखमा यर्दोगानले सिरिया मानव संहारले टर्की, युरोप र त्यस आसपासको क्षेत्रमा नराम्रो असर पार्ने चिन्ता व्यक्त गरे ।
गतसाता तेर्बियाको एक शिखर सम्मेलनमा आफ्नो रुसी र इरानी समकक्षीहरूसँग बैठकमा यर्दोगानले आइडिलीब नरसंहार रोक्न आह्वान गरे ।

सिरियाका राष्ट्रपति बसर अल असदले लामो समयदेखि विद्रोहीको कब्जामा रहेको आइडिलीब शहरलाई आफ्नो नियन्त्रणमा लिन सेनाद्वारा भइरहेको बम वर्षालाई समर्थन गर्दै भने –निकट भविश्यमा आफ्नो भ्रमण आइडिलीबमा हुनेछ ।

घना आवादी भएको आइडिलीब शहरमा हरेक दिनजसो हुने सेनाको बमवारीले लाखौँ मानिस घरबारबिहीन हुन पुगेका छन् भने सयौँ मानिस घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघ मानवअधिकार समन्वय एजेन्सी पछिल्लो हिंसाबाट झनै चिन्तित देखिएको छ । करिव ३० हजार विस्थापित मानिसलाई लिएर ओसिएचए प्रवक्ता डेबिट सवासनले एफपी समाचार एजेन्सीसँग भने –हामी विस्थापित मानिसहरूको निगरानीको धेरै नजिक छौँ ।

139 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank