रुसी शैन्य विमानमा गोली प्रहार

मङ्लबार, अशोज २, २०७५



सिरिया । रुसले आफ्नो शैन्य विमान दुर्घटनामा इजरायलको हात रहेको जनाएको छ । आइ–२० नामको उक्त शैन्य विमान २३ः०० स्थानीय समय (२०ः०० जीएमटी) मा राडारबाट गायव भएको थियो । रुसी सेनाको आरोपलाई अहिलेसम्म इजरायलले कुनै टिप्पणी गरेको छैन् । विमानमा रहेका १५ जनाको मृत्युको जिम्मेवार इजरायललाई मानिएको छ ।

रुसी तास न्यूज एजेन्सीले जनाए अनुसार आइ–२० विमान लताकिया प्रान्तमा सिरियाई सुरक्षामा खटिरहेको समय इजरायली एफ–१६ जेटबाट प्रहार गरिएको गोलीले गायव भएको थियो । रुसी रक्षा मन्त्रालयले भन्यो – इजरायलको गैरजिम्मेवार कारवाही दोषपूर्ण छ ।

उनीहरू भन्छन, हमाल गर्नुपूर्व केवल एक मिनेटको चेतावनी दिइएको थियो । जुन बचावको निम्ति पर्याप्त थिएन । वास्तवमा विमानको साथ के भएको थियो अहिलेसम्म पूर्ण जानकारीमा आएको छैन । यो अन्तिम समयमा राडारमा देखिएको थियो । जुन लताकियाको पास आफ्नो बेसक्याम्पमा फिर्ता आइरहेको थियो ।

मन्त्रालयले थप बतायो–खोजी र बचाउ अभियान चलिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank