स्यालको टोकाइबाट १६ जना घाइते

बुधबार, कार्तिक २०, २०७६



सिरहा । स्यालको टोकाइबाट लहान नगरपालिका -४ को कुमहार टोलका १६ जना घाइते भएका छन् ।

 स्थानीयवासीलाई  बहुला स्याल बस्तीमा प्रवेश गरेर टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानको रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिरहा र सप्तरीको सीमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभाबी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका थिए ।

स्यालको टोकाइबाट स्थानीय ७० वर्षीय रामबालक पण्डित, ४५ वर्षीय सोनाइ मेस्तर, पाँच वर्षीय मो रेहान, गुलाबदेवी महतो, सञ्जुदेवी महतो, प्रदीप महतो, सुरजकुमार दास, नन्दनी मेहतर, रविनाकुमारी मेहतर, सञ्जीवकुमार दास लगायत घाइते भएका इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बस्तीमा स्याल पसेको सूचना पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीले स्याललाई धपाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata