स्वीट्जरल्याण्डमा एलजिबिटीमाथिको विभेदबारे मतदान हुँदै

आइतवार, माघ २६, २०७६



एजेन्सी । स्वीट्जरल्यान्डमा लैंगिक तथा यौनिक पहिचानका आधारमा व्यक्तिमाथि विभेद गर्ने प्रस्तावमाथि मतदान हुँदैछ।

एलजिबिटी (गे, लेस्बियन, बाइसेक्सुअल, ट्रान्सजेण्डर) समुदायका मानिसहरुमाथि उनीहरुको यौनिक तथा लैंगिक पहिचानका आधारमा विभेद गर्न पाउने वा नपाइने भन्ने विषयलाई लिएर त्यहाँका मतदाताले आफ्नो मत व्यक्त गर्दैछन् ।

यौनिक तथा लैंगिक पहिचानकै आधारमा व्यक्तिमाथि हुने विभेद वा फरक व्यवहारलाई कानूनी रुपमा दण्डनीय बनाउने वा नबनाउने भन्ने निर्णयका लागि स्वीट्जरल्याण्डका नागरिकले मत दिन लागेका हुन् ।

व्यक्तिको छालाको रंग तथा उसले मान्ने धर्मका कारण गरिने कुनै पनि प्रकारको फरक व्यवहार वा विभेद स्वीट्जरल्याण्डमा कानूनी रुपमा दण्डनीय मानिन्छ । एलजीबीटीको पक्षमा रहेकाहरु यस्ता विभेदलाई दण्डनीय बनाउनुपर्ने पक्षमा छन् ।

स्वीट्जरल्याण्डका सुधारिएका चर्चहरुले एलजिबिटी समुदायका व्यक्तिमाथि उनीहरुको लैंगिक तथा यौनिक पहिचानकै आधारमा विभेद गर्न नपाइने कानूनको समर्थन गरेका छन् । कतिपय धार्मिक समुदाय भने कानूनको विरोधमा छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments