२८ वर्षपछि स्वीस महिलाहरु पुन: सडकमा उत्रिए

शुक्रबार, जेष्ठ ३१, २०७६



एजेन्सी । दक्षिण पूर्वी युरोपेली मुलुक स्वीजरल्याण्डमा महिलाहरु देशव्यापी आन्दोलनको तयारीमा लागेका छन् । पुरुष सरह तलब सुविधाको माग गर्दै  उनीहरु आज सडकमा निस्कन लागेका हुन् ।

सन् १९९१ मा स्वीजरल्याण्डका महिलाहरु यसैगरी सडकमा उत्रिएका थिए । अहिले २८ वर्षपछि उनीहरु त्यसैगरी सडकमा निस्कन लागेका हुन् । यसअघि स्वीजरल्याण्डमा मतदानको अधिकार माग्दै सन् १९१८मा महिला आन्दोलन भएकोमा त्यो अधिकार उनीहरुले सन् १९७१मा मात्रै पाएका थिए  ।

Women demonstrate in the 1920s at the slow pace with which Switzerland is tackling equal rights at work

१९९१ को आन्दोलन अघि स्वीस सरकारमा महिलाको सहभागिता थिएन भने सुत्केरी भएको बेलामा वैधानिक बिदाको व्यवस्था पनि थिएन ।  अहिलेसम्म सरकारमा ८ जना महिला मन्त्री भएका छन् ।  सातै हाल सुत्केरी बिदालाई पनि वैधानिकता दिइएको छ । 

तर अझैपनि स्वीजरल्याण्डमा महिलाहरुले पुरुषको भन्दा औसतमा २० प्रतिशत कम मात्रै कमाउने गरेको बताइने गरेको छ । व्यवस्थापनको पदहरुमा उनीहरुको कम सहभागिता रहेको छ भने चाइल्ड केयर अहिले महंगो छ ।

गएको महिना अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गरेको एक सर्भेमा वरिष्ठ भूमिकामा पुरुष रहेको देखाएको थियो  ।साथै महिला पे-रेटको सूचीमा तल देखिएको बीबीसीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata