छातीमा छुरा प्रहार गरि युवाकाे हत्या

मङ्लबार, भदौ १७, २०७६



काठमाडौं । जिल्लाको  स्वयम्भूका एक जना व्यक्तिको हत्या भएको छ । नागार्जुन नगरपालिका–५ बस्ने २५ वर्षीय आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको भेटिएको हो।

अनुसन्धान लागि ३ जना पक्राउ परेका र उनीहरुबारे अनुसन्धान जारी रहेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

डिएसपी सुवेदीका अनुसार बस्नेतको बायाँ छातीमा छुरा प्रहार गरिएको छ । हिजो राति बस्नेत र उनका केही साथीहरुबीच विवाद हुँदा उनको हत्या भएको आशंका गरिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata