सल्यानमा एक युवतीको स्वासनली काटेर हत्या

आइतवार, फाल्गुन ४, २०७६



सल्यान । शुक्रबार सल्यानको त्रिवेणी गाउँपपालिका वडा नं. १ तल्लो काभ्रा निवासी  एक किशोरीको हत्या भएको छ। १६-१७ १६-१७ बर्षीया कविता बोहराको  घाँटीको स्वासनली काटेर हत्या भएको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

‘अगाडिबाट घाँटी काटेको अवस्थामा उनको शव फेला परेको छ,’ डिएसपी खतिवडाले भने।

अभिभावकले शुक्रबार राति ९ बजेसम्म कविता कोठमा एक्लै पढिरहेकी थिइन। घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको हुनसक्ने र त्यही समयमा घाँटी रेटर हत्या भएको देखिन आएको डिएसपी खतिवडाले बताए ।

रातको  एक बजेतिर कविताका भतिजा (बालक) बिरामी भएर वान्ता गर्न थालेपछि  कविताको खोजी शुरु भएको थियो।

‘परिवारका सदस्य कवितालाई उठाउन भनि उनको कोठामा जाँदा नदेखपछि खोज्दै जाँदा घरदेखि १५ मिटर जतिको दुरीमा रहेको गाईवस्तु बाँध्ने भकारो नजिकै मृत अवस्थामा फेला परेको हो,’ खतिवडाले भने ।

घटनाबारे अनुसन्धान जारी रहेको डिएसपी खतिवडाले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments