स्वामी भारती भन्छन्, ‘ध्यान छ त धन छ’

बिहिबार, बैशाख २०, २०७५

- बविता ढकाल



काठमाडौं । बुद्धपूर्णिमाको अवसरमा लुम्विनी स्थित ओशो जेतबनमा सञ्चालित तीन दिने ध्यान सिविर मंगलवार सम्पन्न भएको छ । भारतबाट आएका सदगुरु ओशोका शिष्य स्वामी अशोक भारतीले सिविर सञ्चालन गरेका थिए ।

एक सय ५० भन्दा बढि ओशो सन्यासशी तथा ओशो प्रेमिहरुको सहभागिता रहेको उक्त सिविरमा स्वामी भारतीले विभिन्न ध्यान मार्ग (तथाता, सुफी स्टप ध्यान, किर्तन ध्यान लगाएत) का बारेमा बताउँनुका साथै प्रयोग समेत गराएका थिए । नेपाल लगाएत छिमेकी राष्ट्र भारत, अमेरिका, बेलायत लगाएतका देशबाट पनि सिविरमा सहभागिहरु आएका थिए ।

स्वामी अशोक भारती भन्छन्, ‘नेपाल अध्यात्मजगतमा प्रचुरता बोकेको देश हो, यहाँको माटो उर्वरछ, ध्यानको वीउमात्रै रोप्न सक्यो भने पनि नेपाल हराभरा हुनेछ ।’ उनी भन्छन्, ‘ध्यान छ त धन छ, ध्यानले धनलाई सही उपयोग गर्न सिकाउँछ ।’ स्वामी भारतीको नेपाल भ्रमण यो दोश्रो पटक हो । उनी अब नेपालमा दुई महिना बस्नेछन् ।

नेपाल बसाईका क्रममा उनले विभिन्न स्थानमा ध्यान सिविरको सञ्चालन गर्नेछन् । गएको फागुन महिनामा शिवरात्रीको अवसर पारेर काठमाडौं स्थित ओशो तपोवनमा ध्यान सिविर सञ्चालन गरेका स्वामी भारतीको अबको ध्यान सिविर तीन स्थान, बाग्लुङ, वालिङ र पोखरामा दश दिन सम्म चल्नेछ । यो ध्यान सिविरलाई स्वामी भारतीले ओशो उत्सव आनन्द यात्राको नाम दिएका छन् ।

यो भन्दा अघि बुद्धपूर्णिमालाई लक्षित गरि बुद्धको जन्मस्थान लुम्विनीमा ध्यान सिविर भएको थियो ।

248 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank