स्वामी आनन्द अरुण पुस्तक लोकार्पण

आइतवार, बैशाख २९, २०७६



काठमाडौं । बोधिसत्व स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक शनिबार सार्वजनिक भएको छ । ओशो तपोवनमा आयोजित एक समारोहका बीच ‘ओशो अचम्म जो मैले देखैं’ पुस्तक लोकार्पण गरिएको हो ।

नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरि, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा. सुन्दरमणी दीक्षित, पत्रकारहरु देव प्रकाश त्रिपाठी र गुणराज लुईंटेल तथा पुस्तकका लेखक स्वामी आनन्द अरुणले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

DSC01214_PIfEz6o1iE

पुस्तकका लेखक स्वामी आनन्द अरुणले गुरुको सान्निध्यमा आफूले भोगेका कुराहरु लेखेको बताउदै ओशो एक क्रन्तिकारी  दृष्टा तथा भविष्यका मसिहा भएको बताएका थिए  ।  नेपालका धार्मिक स्थलहरुलाई विश्व मानचित्रमा चिनाउनु पर्ने आवश्यकतामा उनले जोड दिए ।

सार्वजनिक गरिएको सो कार्यक्रममा प्रदीप गिरिले माक्र्सवादले मनुष्यको व्यक्तिगत मनोविज्ञानको अध्ययन नगरेसम्म सो दर्शनले आध्यात्मलाई सही परिप्रेक्षमा बुझ्न नसक्ने दावी गर्दै स्वामी अरुणको यो पुस्तकले आध्यात्मको रहस्यमय आयामलाई सही रुपले प्रतिनिधित्व गर्ने बताए ।

नाराणकाजी श्रेष्ठले सो कृतिले मुक्तिको मार्गमा एक व्यक्तिले हिम्मतका साथ अडिग भएर खेपेको दुःख र साधनाको गाथा भएका बताए । डा. सुन्दरमणी दीक्षितले गहन आध्यात्मिक संस्मरणात्मक यस पुस्तकले पाठक र लेखक दुबैलाई मंगल गर्ने  बताए ।

त्यस्तै, देव प्रकाश त्रिपाठीले यो कृतिले गुरु र शिष्यको सम्बन्धलाई एक नयाँ उचाईमा प्रस्तुत गरेको बताए भने गुणराज लुईंटेलले यो कृति आध्यात्मिक विधामा रहस्यले परिपूर्ण अनुभवको अनुपम संगालो भएको बताए ।

बु्कहिल्स् पब्लिकेशनले प्रकाशन र वितरण गरेको सो पुस्तक शनीवार देखिनै देशका प्रमुख पुस्तक पसल तथा ओशो केन्द्रहरुमा उपलब्ध रहेको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank