रुपन्देहीमा आत्महत्या गर्नेको सख्या बर्षैनी बढदो

आइतवार, भदौ ११, २०७४

- अरुण ज्ञवाली



भैरहवा,  ।
रुपन्देहीमा आत्महत्या गर्नेको सख्यामा बर्षैनी बृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गत तिन आर्थिक बर्षको तथ्याङक हेर्ने हो भने आत्महत्या गर्नेहरुको सख्यामा बृद्धि भएको देखिएको हो ।
मानिसहरुले विभिन्न कारणले आत्महत्या गरेको देखिन्छ । बिष सेवन गरि, शरिरमा आगो लगाएर, झुण्डी, हाम फालेर, औजार बाट रुपन्देहीमा आत्महत्याका घटनाहरु हुने गरेका छन् ।
आर्थिक बर्ष २०७१ ।०७२ मा विभिन्न कारणले आत्महत्या गर्नेहरुको सख्या १ सय ५७ थियो भने आर्थिक बर्ष २०७२ ।०७३ मा बढेर १ सय ६४ पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आर्थिक २०७३ ।०७४ मा १ सय ८० जनाले आत्महत्या गरेका छन् ।
सवै भन्दा बढि रुपन्देहीमा झुण्डीएर आत्महत्या गर्नेहरुको सख्या वढी रहेको छ । झुण्डीएर आत्महत्या गर्नेहरु पछि बिष सेवन गरेर मर्नेहरुको सख्या पनि उत्तिकै देखिन्छ ।
आर्थिक बर्ष २०७१ ।०७२ झुण्डीएर ८५ जनाले आत्महत्या गरेका छन् भने २०७२ । ०७३ मा ९४ जनाले र २०७३। ०७४ मा १०५ जनाले झुण्डीएर आत्महत्या गरेका छन् ।
बिष सेवन गरेर आत्महत्या गर्नेहरुको सख्यामा पनि बृद्धिभएको छ आर्थिक बर्ष २०७१।०७२ मा ६६ जना, २०७२।०७३ मा ६८ र आर्थिक बर्ष २०७३।०७४ मा ७२ जनाले बिष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रेकडमा देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक श्यामलाल ज्ञवालीले रुपन्देहीमा हुने प्राय आत्महत्याहरुका घटनाहरु अनुसन्धान गर्दा लागुऔषध दुव्यसर्नमा फसेकाहरु, महिलाहरुमा हुने घरेलु हिंसाहरु, डिप्रेशनका रोगीहरुले आत्महत्या गर्ने गरेको बताए ।
उनले नया प्रविधिको विकास संगै नया पुस्ताहरुले सामान्य कारणले समेत आत्महत्या गर्ने क्रममा बृद्धि भएको जानकारी दिए ।
आफैले आफैलाई मार्ने काम नै आत्महत्या भएको बताउदै मनोवैज्ञानिकहरु भन्छन् कुनै पनि मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाई राखेको हुन्छ । मानव मस्तिष्कमा चौविसै घण्टा राम्रा विचार मात्र श्रृजना हुँदैन । कतिपय वेलामा उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै अपनाउन खोज्दा आत्महत्या हुनेगरेको छ ।
आत्मवल कम हुने व्यक्तिमा समेत समस्या श्रृजना हुनासाथ तुरुन्त आत्महत्याको प्रयास गर्नेगरेको बताउदै मनोबिदहरुले त्यस्तो वेलामा अरुको साथ चाहिने वताउछन् ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अभिलेख अनुसार नेपालमा प्रत्येक दिन ९ देखि १२ जनाले आत्महत्या गर्ने गरेका छन् ।
नेपालमा आत्महत्या गर्नेहरु गरिवी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक असफलता जस्ता कारणबाट मानिसहरु आत्महत्या हुने गरेको समाजसास्त्रीहरु बताउछन् । प्रतिष्ठा कायम राख्न नसक्दा, व्यापार व्यवसायमा घाटा, आर्थिक भार , आफ्न्तको शोक, परिवारको मृत्यु, दैवीप्रकोप, एक्लोपन, गल्ति अपराधावोध, ज्यादा महत्वाकांक्षा, प्रेम धोका, दिर्घरोगी, नकारात्मक तनावले आत्महत्या हुनेगरेको समाजसास्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक उमेशचन्द्र रिजालले वताउछन् ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन अन्त्य गर्ने देशको सूचीमा सातांै स्थानमा राखेको छ ।
नेपालमा बार्षिक लगभग ४ हजार बढीले आत्महत्या गर्ने गरेको तथ्याङक छ । विश्व भरिमा बार्षिक रुपमा ८ लाख मानिसले आत्महत्या गर्दछन् । विश्वभरमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments