८ जना अधिवक्ताको प्रमाणपत्र निलम्बन

बिहिबार, कार्तिक ७, २०७६

- भूपेन्द्र शाह



काठमाडौं । कानून व्यवसायीको परिषदले ८ जना कानून व्यवसायीको प्रमाणपत्र निलम्बन गरेको छ ।  कानून व्यवसायी परिषदले एक सुचना जारी गर्दै प्रमाणपत्र निलम्बन गरेको जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेपछि अधिवक्ताहरु सुरेन्द्र कोइराला,तारा प्रसाद पौडेल,बाबुराम शर्मा (रेग्मी),योगन्द्र पोखरेल,हरि न्यौपाने, प्रेमसिंह धामी,जगदेव चौधरी र चन्द्रदेव खनालको प्रमाणपत्र निलम्बन गरेको हो ।

निज व्यक्तिहरु विरुद्धको मुद्धा किनारा नहुँदासम्मका लागि कानून व्यवसायी आचार संहिता २०५१ को नियम ६ (क) बमोजिम अधिवक्ताहरुको प्रमाणपत्र निलम्बन गरेको जनाइएको छ । नेपाल कानून व्यवसायी परिषदका सचिव रामहरि शर्मा काप्लेद्वारा हस्ताक्षरित सुचनामा सम्बन्ध बार एकाइलाई जानकारी दिदैं निलम्बन गरिएको जनाएका छन ।

काे काे परे निलम्बनमा हेर्नुहाेस: सूचीसहित 

bar kuncil

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments