प्रधानन्यायाधीश कार्कीलाई महाअभियोग लगाउन देउवा निवासमा गोप्य छलफल, प्रधानमन्त्री प्रचण्ड सहमत

बुधबार, बैशाख १३, २०७४

loading...


काठमाडौं । प्रधानन्यायाधीश सुशील कार्कीलाई महाअभियोग लगाउने विषयमा नेपाली कांग्रेसले गोप्य छलफल सुरु गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको प्रधानन्यायाधीश कार्कीलाई महाअभियोग लगाउने विषयमा छलफल भएको छ । पछिल्लो समय सर्वोच्च अदालतले सरकार र कांग्रेसमाथि हस्तक्षेप गरेको सभापति देउवाले निस्कर्ष निकालेका छन् । कांग्रेस सभापति देउवाले महाअभियोग लगाउने आधार र प्रक्रियाका विषयमा बुधवार केही कानुन ब्यवसायीलाई निवासमा नै बोलाएर छलफल गरेका छन् । शीर्ष दलहरुको बैठक बस्नुअघि उनले महाअभियोग लगाउने विषयमा छलफल गरेको स्रोतले दावी गरेको छ ।

पछिल्लो समय आईजिपी नियुक्तिका विषयमा सर्वोच्च अदालतले गरेको अल्पकालिन अन्तरिम आदेश ‘प्रहरी ऐन र नियमावली विपरित आएको भन्दै कार्कीमाथि महाअभियोग लगाउनु पर्छ भन्ने विषयले प्राथमिकता पाएको छ । छलफलमा देउवाले प्रधानमन्त्री र मधेसी मोर्चामा रहेका दल पनि सकारात्मक रहेको बताएका थिए । ‘यसअघि पनि पटक पटक छलफल भएको थियो म नै महाअभयोग लगाउन हुन्न पक्षमा थिएँ’ देउवाको भनाई उदृत गर्दै एक कानुन व्यवसयीले भने, ‘अहिले आएर मलाई पनि महाअभियोग लगाउनुपर्छ भन्ने लागेको छ इसमा तपाईहरुको धारणा के छ ? ।’

 देउवाले बरिष्ठ अधिवक्ता अधिकारीलाई हरेर ड्राफ्ट तयार गर्न समेत आग्रह गरेका थिए । केही कानुन व्यवसायीले कार्की विदा हुने बेला त्यस्तो निर्णय लिदा कांग्रेसलाई नै बेफाइदा हुने भएकाले त्यस्तो कदम चाल्न सुझाएका थिए । देउवाले डिआईजी नवराज सिलवालले पटक पटक प्रधानन्ययाधीशसँग छलफल गर्ने गरेको पनि छलफलमा दावी गरेका थिए । छलफलमा बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, सुशील पन्त लगाययतका थिए । पन्त अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको तफएबाट बहस गर्ने कानुन व्यवसायी हुन

महाअभियोग लगाउन सकिने कारण
१. उच्च अदालतमा न्यायधीश नियुक्तीका विषयमा बसेको न्याय परिषदको बैठक मध्यरातमा पाँच सदस्यीय परिषदमा दुई सदस्यलाई सुचना नै नदिई आफ्नै निवासमा पति दर्गा सेवेदीलाई समेत बैठकमा राखी निर्णय गरेको । कनिष्ठलाई न्यायाधीशमा बढुवा गरेको ।

२. सर्वोच्च अदालतकै वरिष्ठतम न्यायधीश गोपालप्रसाद पराजुलीको उमेरहदका कार्कीले आफ्नो तजविजिमा एकल निर्णय गरेको ।

३. नेपाल प्रहरीको महानिरीक्ष नियुत्तिका सरकारलाई हस्तक्षेप गरेको । दावेदार प्रहरी महानिरिक्षकसँग सेटिङ्गमिलाएको ।

19922 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank