प्राधिकरणका सीइओ ज्ञवालीलाई हटाइदै !

बिहिबार, पुस १४, २०७३



सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुख (सिइओ) बाट सुशील ज्ञवालीलाई हटाउने गृहकार्य थालेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा सिइओ ज्ञवालीलाई हटाउने विषयमा छलफल भएको छ ।

गृहमन्त्री विमलेन्द्र नीधिले हटाउने विषयमा प्रधानमन्त्रीलाई पटक पटक भनेपनि हटाउन झन नराम्रो सन्देश जाने भन्दै तत्काल स्पष्टिकरण लिने निर्णय भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि बनेको प्राधिकरणको कार्यशैलीप्रति सरकार असन्तुष्ट छ । ‘ज्ञवाली हटाउने विषयमा सहमति भएको छ’ एक मन्त्रीले नेपालपाटीलाई भने, ‘प्रक्रिया नमिलेर ज्ञवालीलाई हटाउन नमिले पनि काजमा प्रधानमन्त्रीको कार्यालय वा अन्त कतै तान्ने तयारी भइरहेको छ ।’

प्राधिकरणका सिइओलाई सिधैँ हटाउँदा उक्त विषय सर्वोच्च अदालतमा जान सक्ने  र विपक्ष झन चिढीने भन्दै सिइओ परिवर्तनका लागि सहमति भएपनि निर्णयमा पुुग्न नसकिएको स्रोतको दावी छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले यसअघि मात्रै दुुई पटक स्पष्टिकरण लिइसकेका छन् ।

स्पष्टिकरण पछि यसो भन ज्ञवालीले

स्थापनाको एक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्ना कामहरु व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाएकाले त्यसका परिणामहरु एकपछि अर्काे गर्दै बाहिर आइरहेकै छन् । यस अवस्थामा वस्तुस्थितिको यथार्थ चित्रण सहित पेश गरिने स्पष्टिकरणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने कार्यहरु, चुनौती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट हुने तथा पुनर्निर्माण कार्यलाई अघि बढाउन थप सहयोग पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु ।

सुशील ज्ञवाली
प्रमख कार्यकारी अधिकृत
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments