सुसी मार्टिनको अनौठो शैली

शुक्रबार, अशोज २६, २०७५



एजेन्सी ।  मौसम विशेषज्ञ सुसी मार्टिनले आफ्नो दुई बर्षीय छोरालाई ढाडमा बोकेर मौसमको जानकारी दिएकी छिन् । लाइभ टिभिमा छोरालाई ढाडमा बोक्दै मौसमको जानाकारी दिएकी सुसीले इन्टरनेशनल बेबिवयरिङ वीकलाई सम्मान गरिन् ।

उनले संसारलाई राम्रो  सन्देश दिएकी छिन् । उनको कामको सबैले तारिफ गरिरहेका छन । कम्पनीले सुसीको भिडियो फेसबुकमा  सेयर गरेको  छ । भिडियोमा देख्न  सकिन्छ, मार्टिनले मौसमको जानाकारी दिदैं गर्दा उनको छोरा ढाडमा निदाइरहेको छ । बालकलाई सुसीको काम प्रति कुनै चासो र उत्साह देखीदैन । आफ्नो कामलाई सहयोग गरेकोमा कम्पनीलाई सुसीले धन्यबाद दिएकी छन् ।

यस  अघि न्युजिल्याण्डको प्रधानमन्त्री जेसिडा एरडर्नले सबैलाई आश्चर्य  चकित पार्दै तीन बर्षीय बेवीसँगै युएन जर्नल एसेम्बली मिटिङमा भाग लिएकी थिइन् । सुसीले मिनियापोलिसको मौसम  विशेषज्ञको रुपमा यस्तो काम  गर्दै सबैलाई हैरान पारेकी छिन ।

हेर्नुहाेस भिडियाे

 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata