ओलीको विकल्प खोज्नेलाई जनताले पाखा लगाउँछन: नेता थापा

शुक्रबार, साउन २४, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा गुट र उपगुट पहिले देखीकै रोग हो ।

तत्कालिन एमाले र  माओवादी केन्द्रको एकताको केहि काम बाँकि छँदै गर्दा नेकपाका नेताहरु भने गुटगत अभिव्यक्ति दिदै आइरहेका छन ।

सोहि क्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेकपाका केन्द्रिय सदस्य सूर्य थापाले प्रधानमन्त्री केपी ओलीकाे विकल्प खोज्नेहरुलाई जनताले पाखा लगाउने बताएका छन ।

उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति लक्षित हुँदै केपी ओली बाहेकको विकल्प सोच्न नसकिने प्रष्ट पारे।अरुले तयार पारेको जनादेशमा अवसर खोज्नु उचित नहुने बताए ।

उनले केपी ओलीको विकल्प खोजे देश र जनताका लागि घातक हुने बताउँदै आफैले मेहनत र परिश्रम गरेर जनाधार तयार पारेपछि मात्र प्रधानमन्त्री बन्ने जाँगर देखाउनु पर्ने बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata