सूर्य कम्प्लेक्समा आगलागी : २ करोड ५० लाख भन्दा बढी क्षति

आइतवार, मंसिर २२, २०७६



सुनसरी । जिल्लाको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा गएराति आगलागी भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार राति करिब १२ बजेबाट शुरु भएको आगलागी आज बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको हो ।

पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट शुरु भएको आगो अन्य पसलमा समेत फैलिएको थियो । आगो नियन्त्रणका लागि इटहरी, विराटनगर, धरान, इनरुवा, सुन्दरहरैचालगायत स्थानका नौवटा दमकल प्रयोग गरिएको थियो ।

रेष्टुरेण्ट सञ्चालक किरण बुढाथोकीले  २ करोड ५० लाख भन्दा बढीको क्षति भएको अनुमान गरेका छन् । तर आगलागीको कारण भएको क्षतिको विवरण आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments