राहतको माग गर्दै सुर्खेतमा यातायात सेवा अबरुद्ध

बिहिबार, माघ १६, २०७६



काठमाडौं । टिप्परको ठक्करबाट ज्यान गमाएका युवाका आफन्तले बिहिबार बिहानदेखि सुर्खेतमा यातायात चल्न दिएका छैनन । गत मङ्गलबार वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट कालिकोटका केशरबहादुर सिंहको ज्यान गएपछि आफन्तले प्रदर्शन गरिरहेका छन् ।उचित क्षतीपूर्ती र राहतको माग गर्दै मृतकका आफन्तले यातायात सेवा अवरुद्ध पारेका हुन ।

उनीहरुको विरोध प्रदर्शनका कारण बिहानैदेखि सुर्खेतमा गाडी चलेका छैनन् भने सुर्खेत हुँदै बाहिरिने गाडी पनि रोकिएका छन् । ठक्कर दिने टिप्पर धनी सम्पर्कमा नआएकाले पीडित परिवारसँग वार्ता हुन नसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments