सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

सोमवार, साउन २७, २०७६



डडेल्धुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेतीन लाख नगदसहित डडेल्धुराका सहायक वन अधिकृतलाई  समातेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सव–डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ अख्तियारको टोलीले समातेको हो।

विषेश सूचनाका आधार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनका साथबाट ३ लाख २६ हजार नगद बरामद गरिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए।

‘एक जना ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार रुपैयाँ बैंकमा हाल्न भनेछन् र ठेकेदारले पैसा हालिदिएछन्’ सूचना अधिकारी विष्टले भने, ‘अरु पैसा निकालेर यताउता पारिसकेको रैछ हाम्रो टोलीले ३ लाख २६ हजार बरामद गरेको छ।’ ठेकेदार को थिए भनेर बारे अनुसन्धान भइरहेको बताइएको छ।

सूचना अधिकारी विष्टका अनुसार डिएसपीको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई समातेको हो। पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर ल्याइएको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

सहायक वन अधिकृत डिसी लगातार विवादमा आइरहने कर्मचारीका रुपमा चिनिन्छन् । बिगतमा भएका वन फडानीका मुद्दामा पनि उनको नाम निकै चर्चामा आउने गरेको थियो।

डडेल्धुरामा रहँदा उनले तत्कालिन जिल्ला वन अधिकृत कृष्ण भट्टलाई कुटपिट गरेका थिए। सहायक वन अधिकृत डिसी लामो समयदेखि डोटी र डडेल्धुरा जिल्लाको राजमार्ग जोडिएका क्षेत्रमा जिम्मेवारी लिएर बसेका छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata