छोरा, श्रीमती र म (कविता)

शनिबार, फाल्गुन २६, २०७४

- सुरेन्द्र शाही (गुलाब कान्छो)



म खाना खाएर हातधुन बाहिर गएको बेला।

बाबुको स्कुल जाने समय भएको बेला

मेरी श्रीमतीले छोरालाई तयारी गर्दै थिइन्
लुगा लगाएर।

भित्रभित्रै गदगद थिएँ म हिजोका दुखद क्षण हराएर !
कतिछिट्टै छोरा स्कुलमा जाने भैसकेछ

आमाबाबुले भनेको कुरा मान्ने भैसकेछ।
अनि,
छोरालाई कपडा लगाउदै गर्दा

श्रीमतीका ती नयनबाट नुनिला
आँसु बगिरहेछन् अनवरत !

मैले सोधे किन रोएकी ?
सन्चो छैन कि ?

उनी केही नबोली छोरालाई कपडा लगाउनमा ब्यस्त रहिन् सुकसुकाउदै।
तर, उनीलाई के थाहा,

आफू रुदाँ मलाई पिडाहुन्छ भन्ने कुरा,
बगाएका ती नुनिला आँशुले मेरोमन पोल्छ भन्ने कुरा।

कता कता म आफै दोषी भएको आभार पाए।
श्रीमती मै जीवनको एक सुनौलो आभास पाए।
किनकी,

मैले चोखोमाया गरेकी उनै श्रीमती थिइन त्योपनी भित्रभित्रै।
उनीलाई कहिल्यै मायाको कमी हुनदिन मबाट
तैपनी,
मेरो मायालाई अझैँ बुझेकी थिइनन् मेरी श्रीमतीले।
हजुर माया गरिसिन्न भनेकी थिइनन् मेरी श्रीमतीले

खै यो माया भन्ने चिजै अनौठो देखाउन खोज्दापनी देखाउन नमिल्ने !
उनकै सामु पोख्न खोज्दापनी नपोखिने।

केहीनबोली लाटोले पापालाई हेरीरहेझैं हेरीरहे मेरी श्रीमती र छोरोलाई
जब छोरोले कपडा लगाएर सानो झोला भिर्यो मैले काखिमा च्यापेर कोठाबाट बाहिरीएँ।

मेरी श्रीमतीले अघि मैले हेरेझैँ हेरीरहीन् म र छोरालाई
छोराले गुड डे वाइ मामु भन्यो हातहल्लाउदै।

मैले भेने आँशुले भिजेका श्रीमतीका आखाँमा आँखा जुदाएर निस्किए।

 

 

225 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank