पूर्व अर्थमन्त्री पाण्डे सीओल प्रस्थान

सोमवार, भदौ १६, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य, पूर्व अर्थमन्त्री एवम माननीय सुरेन्द्र प्रसाद पाण्डे दक्षिण कोरियाको राजधानी सिओलमा हुने कार्यक्रममा भाग लिन हिजो राति(आइबार) १०:४८ मा त्यसतर्फ प्रस्थान गरेका छन् ।

पूर्व मन्त्री पाण्डेसँग माननीय अमृता थापा र माननीय राम बहादुर यादव समेत एसियन नेशनल एसेम्बली वाटर कन्सलटेटिभ बोर्ड(एएडब्लुसी)को बैठकमा भाग लिन त्यसतर्फ प्रस्थान गरेको पूर्व मन्त्रीका स्वकीय सचिवले जनाएका छन् ।  करिब एक साता कोरिया बसाइको क्रममा पूर्वमन्त्री पाण्डेले कोरियामा रहेका  नेपालीहरूसँग विविध विषयमा कुरा गर्ने कार्यक्रम रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata