डाक्टर भट्टराईमा स्पष्ट फ्रस्टेसन देखियो: पूर्व अर्थमन्त्री पाण्डे

आइतवार, बैशाख २९, २०७६



काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले डा. बाबुराम भट्टराईमा स्पष्ट फ्रस्टेशन देखिएको आरोप लगाएका छन् ।

डा. भट्टराइले नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै अर्धनिन्द्रामा लेखिएको कर्मकाण्डी निबन्ध जस्तो भएको बताएपछि पूर्व अर्थमन्त्री पाण्डेले त्यसको प्रतिवाद गरेका हुन् ।

आइतबार बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदैं पूर्व अर्थमन्त्री पाण्डेले बाबुरामलाई स्पष्ट फ्रष्टेसन देखा परेको बताएका हुन् । पूर्वअर्थमन्त्री पाण्डेले १९८० को दशकको प्रसंग उल्लेख गर्दै भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको टिप्पणी गरे । उनले डा. भट्टराइले आधा निद्रामा लेखिएको भन्ने टिप्पणी सान्दर्भिक नभएको जनाएका छन् ।

बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उनले उत्पादन वृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउनु पर्नेमा जोड दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata