पूर्व अर्थमन्त्री पाण्डेले अर्थमन्त्री खतिवडालाई दिए यस्तो सुझाव

मङ्लबार, बैशाख २४, २०७६



काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटले एक वर्षको नियमित खर्च र दीर्घकालीन प्रकृतिका निश्चित नतिजा दिन सक्ने योजनामा बजेट विनियोजन गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिएका छन् ।

पूर्व अर्थमन्त्री पाण्डेले सरकारले अन्तिम चरणमा पुगेका आयोजनालाई प्राथमिकतामा राख्दै तत्काल सम्पन्न हुनेगरी बजेट विनियोजन गर्न सुझाएका हुन् । पूर्वअर्थमन्त्री पाण्डेले भने, अलि धेरै पैसा दिँदा तत्काल सकिने अवस्थाका आयोजनालाई सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्छ। चालु अवस्थामा रहेका भैरहवा विमानस्थल, पोखरा विमानस्थल, रानी-जमरा, कुलरिया सिँचाई आयोजना, सिक्टा सिँचाई आयोजना जस्ता ठूला आयोजना छिटो सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

पूर्वअर्थमन्त्री पाण्डेले भने हामीसँग पैसा असाध्यै थोरै छ। नेपालको अहिलेको राजस्वको आकार भनेको नौ खर्ब रुपैयाँ हो। बाँकी रकम ऋण र अनुदानमै निर्भर रहनुपर्ने अवस्था छ। उनले नीजि बैंकबाट मार्फत ऋण पाउने अवस्थामा मात्र सरकारले बजारबाट पैसा उठान सक्ने बताउँदै नीजी बैकबाट ऋण लिने व्यवस्था गर्न सुझाएका हुन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाल जस्तो देशमा कूल गार्हस्थ उत्पादनको तीन प्रतिशत मात्रै आन्तरिक ऋण उठाऊ भन्छ। विकसित देशमा सरकारले धेरै आन्तरिक ऋण उठाउन सक्छ।

बजेटको तेस्रो स्रोत बाह्य सहायता र ऋण भएकाले बाह्य सहायताको परिदृश्य अनुसार अघि बढ्न जोड दिए । उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा देशको कूल गार्हस्थ उत्पादनको आकार ३४ खर्ब पुग्ने प्रक्षेपण आएको बताउँदै यो अवस्थामा अर्को वर्ष त्यसको पाँच प्रतिशत अर्थात एक खर्ब ७० अर्ब आन्तरिक ऋण उठाउन सकिने जनाएका छन् ।

उनले तत्काल परिणाम दिने खालका योजनामा लगानी गर्नु पर्ने भन्दै परिणाममुखी योजना एउटै भए पनि थालनी गर्नु पर्ने जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank