अबको समयमा प्रिजेन्स र क्वालिटी दुबै जोडिन्छ: पूर्वअर्थमन्त्री पाण्डे

आइतवार, मंसिर ८, २०७६



काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अबको समय प्रिजेन्स र क्वालिटीको भएको बताएका छन ।   नेपाल पत्रकार महासंघ चितवन शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले पत्रकार र सरकार एक अर्काको आलोचक नभएको बताए ।

उनले भने, पत्रकार र सरकार दुबै एकले अर्कालाई आलोचना गर्ने, गाली गर्ने पात्र हैनन ।  जे हामीले व्यक्त गरेका छाै, त्यसले देशको क्षमता ब्यक्त भइरहेकाे हुन्छ। विदेशका मानिसहरुले हेर्दा हामीले व्यक्त गरेकाे विचारकै आधारमा हाम्राे  क्षमताकाे मुल्याकन हुने जनाए ।  उनले पत्रकारहरुले तथ्यमा आधारित भएर लेख्नु पर्ने बताउँदै नेताहरुमा समेत उक्त बानीकाे विकास हुनु पर्ने उल्लेख गरे ।

हामीले संविधान बनाउँदा उपस्थितिलाई मात्र ध्यान दियाै‌ । एबिलिटीलाइ प्रायाेरिटी दिएनाै । हामीले प्रिजेन्सलाई मात्र फाेकस गर्याै ।  क्वालिटीलाई ध्यान दिएनाै ।  अबकाे समयमा  प्रिजेन्स र क्वालिटी दुबैको उत्तिकै महत्व रहने तर्फ जोड दिए। जसले गर्दा  नेपाली राजनीति परिपक्क हुने ठोकुवा गरे ।  उनले अध्ययन गर्ने क्षमता बढाउनु पर्ने बताउँदै साहित्य समाजको ऐना भएको उल्लेख गरे ।

नेपालमा ७६ वटा जति उधोगहरु छन । ती पञ्चायतको बेलामा निर्मित भएको स्मरण गराउँदै सन १९९० पछिकाे विश्वव्यापी चलेकाे आर्थिक उदारिकरणकाे बाढिकाे चपेटामा पर्न गए ।  त्यसमध्ये कयौं संस्था नीजिकरण,विघटन गरिएको र केहि बन्द गरिएको तर्फ इंकित गर्दै त्यो गर्नाको कारणबारे केन्द्र सरकार, नगरसरकार र स्थानिय तहले अध्ययन गर्नु पर्ने बताए । कुनै कुराको ज्ञान बेगर थालनी गरेको उधोग नचल्ने समेत उल्लेख गर्दै नयाँ उधाेग खाेल्न स्थानिय,प्रदेश वा केन्द्रले काम गरे कुनै अर्थ नराख्ने बताए । विगतमा राष्ट्रिय उधाेगहरु कसले नीजिकरण गरे ? किन गरे भन्ने मुद्धाले मात्र अबकाे राजनीति अगाडि नजाने उल्लेख गरे ।

नेता पाण्डेले भने, भारतले मिचेको नेपाल भूभाग फिर्ता ल्याउन सरकार लागिपरेको छ । अतिक्रमित भूमीको समस्या र  सिमा   विवादको समाधान गर्न कुटनीतिक माध्यमबाट पहल थालिएको बताए ।  कार्यक्रममा साेधिएकाे एक प्रश्नकाे जवाफमा पूर्वअर्थमन्त्री पाण्डेले मन्त्री हुनकै लागि मात्र आफू मन्त्री नबनेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata