स्वास्थ्य राज्यमन्त्रीको हस्पिटलमा एक नर्सको शव झुन्डिएको अवस्थामा फेला

आइतवार, बैशाख ८, २०७६



जनकपुर । धनुषा जिल्लास्थित स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवको हस्पिटल ‘जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल’मा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव आज (आइतबार) हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनले लगभग राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी शौचालयमा रहेको फलामे पाइपमा सलले पासो लगाई आत्महत्या गरेको खुलासा भएको छ। शौचालय सानो भएको, खुट्टा तल भुइमा छोएको, भित्र छुरा र ढोका फुटाएकोले घटना रहस्यमय बनेको छ ।

प्रहरीका अनुसार मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank