यस्तो छ निर्वाचनमा सुरक्षा निकायको तयारी

बुधबार, बैशाख २७, २०७४



३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सुरक्षा तयारी पूरा गरी कार्यान्वयनमा आएको सरकारले जनाएको छ ।

तीन वटै सुरक्षा निकाय अहिले निर्वाचन हुने ३४ जिल्लाको मतदान केन्द्रमा पुगेर त्यहाँको वस्तुस्थिति मूल्याङ्कन गर्नुका साथै स्थानीय स्तरमा सुरक्षा निकायले गर्नुपर्ने रणनीतिक कार्य शुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले चुनाव हुनुपूर्व अपनाउनुपर्ने सुरक्षा रणनीतिदेखि चुनाव हुने दिन र चुनाव सकिएपछिको रणनीतिसमेत बनाएर कार्यान्वयनमा ल्याएको छ ।

कुनै हिंसात्कम घटना भए त्यसको ढिलोमा २० मिनेटमा घटनास्थलमा थप सुरक्षा फैज पुग्ने गरी व्यवस्था मिलाएको सरकारले दाबी गरेको छ । थप मद्दत चाहिए हेलिकोप्टर समेत व्यवस्था गरिएको बताइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

275 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank