सर्वाेच्च अदालतका नव नियुक्त पाँच न्यायाधीशले लिए सपथ

आइतवार, बैशाख ८, २०७६



काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त पाँच न्यायाधीशको पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितल निवास पुगेर सर्वोच्चमा नव नियुक्त न्यायाधीशहरुले सपथ लिएका हुन् ।

सपथ लिनेहरुमा प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा.मनोजकुमार सपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुलाई शपथ गराएका हुन् ।  उनीहरुले आज नै सर्वाेच्च अदालत पुगेर पदभार ग्रहण गरिसकेका छन् । संघीय संसद्को सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि शुक्रबार राष्ट्रपति भण्डारीले सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त गरेकी थिइन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata