इन्सुरेन्स नभएका सवारी साधनले दुर्घटना गरे, बेचेर मुआब्जा दिइने

बिहिबार, भदौ २८, २०७५



नयाँ दिल्ली । भारतीय सुप्रिम कोर्टले आज एक महत्वपूर्ण विषयमा फैसला सुनाएको छ । सुप्रिम कोर्टको फैसला अनुसार इन्सुरेन्स नगरेका सवारी साधनले दुर्घटना गरेमा उक्त साधनलाई जफत गर्दै विक्रि गरिने र प्राप्त रकम पीडितलाई दिइनेछ ।

सुप्रिम कोर्टको फैसला पछि भारतभर यो नियम १२ हप्ता भित्रमा लागु गर्नु पर्नेछ । विगतमा सुप्रिम कोर्टले सडक दुर्घटनाको विषयमा सवारी साधन रजिष्टेसन गर्ने समय नै थर्ड पार्टी इन्सुरेन्स अनिवार्य गर्नुपर्ने जनाएको थियो । भारतमा हरेक साल एक लाख भन्दा बढी मानिसहरु सडक दुर्घटनामा ज्यान गुमाएको तथ्याङक रहेको छ ।

भारतभर करिव ६६ प्रतिशत सवारी साधनको थर्डपार्टी इन्सुरेन्स नभएको जनाइएको छ । इन्सुरेन्स कम्पनीले २० वर्षको पैसा एकैपटक लिन असम्भव हुने भन्दै आएकोमा सरकारी कमिटीले ३ सालमा घटाएको थियो । दुई चक्के बहानलाई पाँच वर्ष र तीन चक्केलाई तीन वर्ष अनिवार्य गरिएको छ ।

केन्द्र सरकारले भन्दै आएको छ थर्डपार्टी इन्सुरेन्समा कमै मानिसहरको रुची रहेको छ । किनकी इन्सुरेन्स रकम ज्यादै हुन जानेछ । कोर्टले इन्सुरेन्स कम्पनीलाई चेतावनी दिदै भन्यो हरेक ३ मिनेटमा एक दुर्घटना हुँदैछ , मानिस मरिरहेका छन् । तपाईहरु उनीहरुलाई मर्न दिदैं) हुनुहुन्छ । सडक दुर्घटनामा भारतीय जनताहरु मरिरहेका छन् । उनीहरुको निम्ती केहि गर्नुहोस । उनीहरुसँग पैसा छैन् तपाईहरु ८ महिनाको समय माग्दै हुनुहुन्छ । कुनै पनि मुल्यमा उक्त समय दिन सकिदैन ।

सुप्रिम कोर्टको पछिल्लो फैसलासँगै दुर्घटना पछि इन्सुरेन्स नभएका सवारी साधन जफत गर्न सरकार बाध्य हुनेछ । म्याक्ट कोर्टले जफत गरको सवारी साधन बेच्ने र पीडितलाई राहात दिनेछ । जुन नियम पुरै देशभर लागु हुनेछ । जसले पीडितहरुलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

249 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank