आइसोलेसनमा बसेकाहरुकाे अनिवार्य पीसीआर टेस्ट गराएर मात्र घर पठाउन सर्वाेच्चकाे आदेश

मङ्लबार, असार ९, २०७७



काठमाडौं । सर्वाेच्च अदालतले आइसोलेसनमा बसेका विरामीहहरुको अनिवार्य रुपमा पीसीआर टेस्ट गरेर मात्र घर पठाउन आदेश दिएको छ ।
अधिवक्ता सन्तोष भण्डारीसमेतले दायर गरेको सार्वजनिक सरोकारको रिटमा सोमबार सर्वाेच्च अदालतले यस्तो आदेश भएको हो। उक्त आदेशको प्रति भने सार्वोच्चले मंगलबार मात्र सार्वजनिक गरेको छ।

उक्त रिट माथि छलफल गर्दै सर्वोच्चका न्यायाधीश डा. आन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले ‘आइसोलेसनमा रहेका बिरामीलाई निश्चित अवधिपछि बिना परीक्षण घर पठाउन सकिने भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्माण गरेको निर्देशिकाको पक्षमा उभिनुपर्ने देखिएन।’ ‘बिरामीको संख्या तथा परीक्षण क्षमता हेर्दा पुनः परीक्षण गर्न नसकिने भन्ने देखिँदैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे गत जेठ २२ गते  कोरोना भाइरस परीक्षणको विषयको निर्णय अनुसार ल्याएको कोरोना परीक्षण सम्बन्धि निर्देशिका कार्यान्वयन नगर्नू भन्दै  आदेश दिएको हो।  पछिल्लो समय कतिपय ठाउँमा १४ दिन सम्म आइसोलेसनमा राख्दै पीसीआर टेस्ट नगरि घर पठाउने गरेको विषयमा त्यस्तो नगर्न नगराउन भनि आदेश दिएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments