सीमा नाका बन्द विरुद्ध परेको रिट सर्वाेच्च अदातलद्वारा अस्विकार

बुधबार, चैत्र १२, २०७६



काठमाडाैं । सीमा नाकाबन्दको गरेको विषयमा परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार गरेको छ ।

सरकारले कोभिड १९ को विषयलाई लिएर सीमा नाका बन्द गर्ने र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । । सरकारको निर्णयका विरुद्ध अधिवक्तादवय मीना बस्नेत र माधव बस्नेतले मौलिक हक हनन भएको भन्दै सीमा नाका र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अन्तरिम आदेश माग गरेका थिए ।

सर्वाेच्च अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे छलफलमा रिट निवोदनकर्ता र विपक्षी सरकारलाई चैत २४ गते छलफलमा बोलाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments