सर्वोच्चले माग्यो अख्तियारसँग लिखित जवाफ

ललिता निवास प्रकरण

शुक्रबार, फाल्गुन २, २०७६

- भूपेन्द्र शाह



काठमाडौँ । बालुवाटार स्थित .ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले अख्तियारसँग लिखित जवाफ माग गरेको छ ।  पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाइएको बारे अख्तियारलाई १५ दिन भित्र लिखित जवाफ पेस गर्न सर्वोच्चले आदेश दिएको हो ।

ललिता निवास प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार सहित १७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयाेग अनुसन्धान आयोग विरुद्ध नीतिगत निर्णय गर्ने पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको भन्दै  उत्प्रेषण रिट दायर गरेका थिए ।

adesh

 

उक्त मुद्दाका विषयमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको इजलासले १५ दिन भित्र अन्य विपक्षीहरू बाहेक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हकमा महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । साथै रिट निवेदनको विषयवस्तुलाई समेत ध्यानमा राख्दै चाँडो किनारा लगाउनु पर्ने भएकाले सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ७३ बमोजिम पेस गर्न सर्वाेच्चले आदेश दिएको छ ।

सम्बन्धित समाचार

पूर्व प्रधानमन्त्रीद्वय माधव र बाबुराम विरुद्ध सर्वोच्चमा रिट दायर

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments