बन्दीप्रत्यक्षीकरणको रिट लिएर ६ जना भिआइपी जुवाडे सर्वाेच्च अदालत पुगे

सोमवार, कार्तिक ११, २०७६



काठमाडौं । गत शनिवार काठमाडौंको जुवा खालबाट २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका २५ जना मध्ये ६ जना अदालत पुगेका छन् ।

महाराजगञ्जमा जुवा अपरेशनमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये ६ जना आइतबार नै बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

रिट दायर गर्नेहरुमा एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटा, ठेकेदार पवनकुमार गप्ता, उद्योगी श्रमणकुमार गोयल, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा छन् ।

प्रहरी स्रोतका अनुसार प्रभुशमशेर राणाको सेटिङमा उनीहरु आइतबार नै सर्वोच्च पुगेका हुन् । प्रभुशमशेर सर्वोच्चका प्रधान न्यायाधीश चोलोन्द्रशमशेर राणाका भाइ हुन् ।

 हिजो सर्वोच्चले उनीहरुको हकमा २४ घन्टाभित्र उपस्थित गराउन आदेश गरेकाले सोमबार ३ बजेसम्म उनीहरुलाई अदालत ल्याउनु पर्ने सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata