सुप खप्तड गोल्डकप : उपाधीका लागि आज नेपाल आर्मी र एपीएफ भिड्दै

सोमवार, माघ १, २०७४



धनगढी । धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनल खेल आज हुँदैछ । धनगढी रंगशालामा दिउँसो २ बजे पछि उपाधीका लागि दुई विभागीय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपीएफ भिड्दै छन । यसअघि सेमीफाईनलमा आर्मीले साविक विजेता मनाङ र एपीएफले घरेलु टोली सुदुरपश्चिम ११ लाई स्तब्ध पार्दै फाईनलमा पुगेको हो ।

सेमीफाईनलको खेलमा मनाङ मस्र्याग्दीलाई ३-१ ले पराजित गर्दै आर्मी उपाधी नजिक पुगेको हो । यस्तै घरेलु टोली सुदुरपश्चिम ११ लाई २-० ले स्तव्ध पार्दै एपीएफ फाईनलमा पुगेको हो । सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments