भारतीय सुप्रिम कोर्टको ऐतिहासिक फैसला: समलैंगिकतालाई बैधता

बिहिबार, भदौ २१, २०७५



नयाँ दिल्ली । समलैंगिकतालाई अबैध मान्ने आइपिसि धारा ३७७ को बैधतालाई लिएर सुप्रिम कोटले भर्खरै महत्वपूर्ण फैसला सुनाएको छ ।

सुप्रिमकोर्टको मुख्य न्यायाधीश दिपक मिश्रा, जष्टिसहरु रोहिंटन नरिमन, एएम खानविलकर ,डिवाई चन्द्रचुड र इन्दु मलहाेत्राले समलैंगिक सम्बन्धलाई अपराध मान्न नसकिने फैसला सुनाए । भारतीय दण्ड सहिंता धारा ३७७ को खिलाप दायर याचिका माथि सुनुवार्इ गर्दै गत जुलाई १७ मा फैसला स्थगित गरिएको थियो ।

निवेदकहरु नवतेज सिंह जौहर (५९) सुनिल मेहरा(६३) अमन नाथ (६१) रितु डालमिया(४५)  र आयसा कपुर (२३) ले धारा ३७७ खारेज गर्न माग गरेका थिए । उनीहरुले सुप्रिमकोर्टको फैसला पछि आफुहरु अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए ।

gettyimages

प्रेम समान छ ।  समलैगिंकतामा प्रतिबन्ध तर्कहिन छ भन्ने आवाजलाई भारतीय सुप्रिमकोर्टले स्विकार गरेको छ । सुप्रिम कोर्टको ऐतिहासिक फैसलालाई लिएर भारत भर समलिंगीहरु खुसीयाली मनाउँदैछन् ।

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank