बीजेपीमा ‘बेताब’

बुधबार, बैशाख ११, २०७६



 सन् १९८३ मा ‘बेताब’फिल्मबाट आफ्नो फिल्मीयात्रा शुरु गरेका बलिवुड नायक सनी देओल बीजेपीमा संलग्न हुन् पुगेका छन् । बीजेपीका नेता निर्मला सीतारमण  र पीयूष गोयलको उपस्थितिमा देओलले बीजेपीमा प्रवेश गरेका हुन् ।

उनको संग्लनताको खबर बाहिरीएसँगै सोसल मिडियामा देओल माथि विभिन्न टीकाटिप्पणी र प्रकार-प्रकारका मिमिज् बन्न थालेको छ । उनको बीजेपी प्रवेशसँगै भारत पाकिस्तानका विभिन्न मुद्दाहरुमा बहस शुरु भएको छ ।

उनको अहिलेसम्मका फिल्मका क्लिपहरु निकालेर भारत-पाकिस्तानका विभिन्न मुद्दासँग जोड्दै रियाक्ट गर्न थालिएको छ । उनको यस कदमको मजाक सँगसँगै सर्जिकल स्ट्राइक देखि राम मन्दिर जस्तो संवेदनशील मुद्दाहरुमा पनि चर्चा परिचर्चा शुरु भएको छ ।

उनको ‘दामिनी’ फिल्मको एक सानो क्लिप निकालेर एक व्यक्तीले ट्विट गरेका छन् । जहाँ देओल ‘तारीख पर तारीख…’ भनिरहेका हुन्छन्। उक्त क्लिप सँगै क्याप्सन दिइएको छ,  “राममन्दिरको अर्को सुनुवाईमा बीजेपी #सनी देओल ।”

यस्तै एक अर्का व्यक्तीले पनि देओलको मजाक उडाउदै ट्वीट गरेका छन्, “ल हेर्नुहोस्, हाम्रो नयाँ रक्षामन्त्री ।अब हामिलाई कुनै पनि सर्जिकल स्ट्राइकको लागि सेना चाहिने भएन, सनी जि एक्लै काफीं हुनुहुन्छ ।”

यसप्रकारका  विभिन्न टिकाटिप्पणीका साथ सोसल मिडिया तातिरहेको छ । ‘आँखिर राजनीतिबाट कोशौं टाढा रहेका सनी देओललाई बीजेपी प्रवेश गराउन बीजेपी अध्यक्ष अमित शाह किन ‘बेताब’ भए ?’ भारतीय  मिडियाले  गम्भीर सवाल खडा गरेको छ । फिल्मी जगतबाट उदाएका सनी देओलको पिता धर्मेन्द्र बीजेपीबाट सभासद हुँदै राजनीतिसँग मोह भंग भएको आफैँले देखेको अवस्थामा कसरी राजनीतिमा प्रवेश गर्न राजी भए ? भन्ने गम्भीर सवाल भारतीय राजनीतिमा  उठ्न पुगेको छ ।

सौतेनी आमा हेमा मालिनी ट्रयाकटर चलाउँदै जनतासँग मत माग्न मथुरा पुगेको आफ्नै आँखाले देखेका देओल ‘ह्याण्ड पम्प’ लिएर कांग्रेसलाई उखेल्न पन्जावमा सफल हुन्छन् त ? भन्ने चर्चा अझै केही दिन भारतीय राजनीतिमा चल्ने विश्लेषकहरुको धारणा रहेको छ । विगतमा बीजेपी सांसद विनोद खन्नाले प्रतिनिधित्व गर्ने गुरुदासपुर क्षेत्रबाट टिकट पाएका देओल खन्नाको निधनसँगै गुरुदासपुरबाट २०१७ को उप-चुनावमा विजयी कांगेस सांसद सुनिल जाखडलाई परास्त गर्न ‘बेताब’ रहेको सनीले जनाएका छन् !।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata