भुकम्प पछि आएको सुनामीमा मर्नेको संख्या १३ सय ५० नाघ्यो

बुधबार, अशोज १७, २०७५



इन्डोनेसिया । गत शुक्रबार भुकम्प पछि गएको सुनामीमा मर्नेको संख्या १३ सय ५० नाघेको छ । केन्द्रीय टापु सुलावेशीमा गएको ७.५ रेक्टर स्केलको भुकम्पपछि गएको सुनामीले पालु शहरलाई तहसनहस बनाएको छ ।

करिव ३ लाख ५० हजार आवादी रहेको उक्त शहरमा स्थानीयहरु पानी विजुली विना बाँच्न बाध्य भएका छन् । सुनामी पश्चात मानिसहरु तनावमा छन् । पालु शहरमा लुटपाट मच्चिएको छ । प्रहरीले गोली चलाउने चेतावनी दिन बाध्य भएको छ । प्रहरीको अश्रुग्यास पश्चात शहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेशनल प्रहरी प्रमुख एर डोनो सिमुमोटोले भने, नगद र कम्प्युटर चोरी गर्नेलाई पक्राउ गरेको छ । दुई दिन पछि आएको खाना र पानी उचित ढंगले वितरण गरिएको छ । आपत माथि आपत थपिदै सुलावेशीमा बुधबारबाट ज्वालामुखी विस्पोट भएको छ । जुन पालु शहरबाट हजार किलोमिटर टाढा रहेको छ ।

भुकम्प पछि आएको सुनामीले धेरै भवनहरु ध्वस्त बनाएको छ । उद्दार कार्य अत्यन्त कठिन छ । जमिन चलिरहेको छ । खोज तलास कार्य अत्यन्त खतराजनक रहेको छ । माटोमा धसिएको चर्चबाट ३४ विद्यार्थीको शव निकालिएको छ । दर्जनौं हराइरहेका छन् । पालु शहर खण्डहरमा बदलिएको छ । एक उद्दार कर्मीले बताए ।

उद्दार कार्यमा करिव ६ हजार ५ सय सुरक्षाकर्मी खटाएका छन् । भुकम्प र सुनामीले ६५ हजार ७ सय ३३ घरहरु क्षतीग्रस्त भएका छन् । विस्तावित हुनेको संख्या ६० हजार नाघेको विपत व्यबस्थापन निकायले जनाएको छ ।

हेर्नुहाेस भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata